Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ट्रेजरीमार्फत २६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

ट्रेजरीमार्फत २६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


  • 1.9K
    Shares

    ट्रेजरीमार्फत २६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
    images

    काठमाडौँ । केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत २६ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो । 

    बैंकका अनुसार २ अर्ब रुपैयाँ नयाँ (फ्रेस) ट्रेजरी जारी गरेर बाँकी रहेको २४ अर्ब १० करोड रुपैयाँ पुरानै ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । 

    साउन २२ गते दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले ३ बजेभित्र आवेदन दिन सक्नेछन् । ट्रेजरीको बिक्री भने मंगलबार साउन २३ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन १५ गते २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - १३:५४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij