२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ ।
बोर्डले अक्षय कोषको रकम र लगानी योग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ अन्तर्गत बैंकहरुको मुद्दती खातामा लगानी गर्न लागेको हो ।
बैंकहरुले आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्नुपर्ने बताएको छ ।
प्राप्त सिलबन्दी प्रस्तावहरु सेबोनले प्रस्ताव पेस गर्ने अन्तिम दिन अपराह्न ४ः०५ बजे सेबोनको खुमलटारस्थित कार्यालयमा खोल्नेछ।लगानीसम्बन्धी अन्तिम निर्णय सेबोनमा निहित हुने जनाइएको छ ।
सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन हो । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहने उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij