Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

सेबोनले लगानी गर्ने बैंकको मुद्धति निक्षेपमा प्रस्ताव पेश गर्ने आज अन्तिम दिन

सेबोनले लगानी गर्ने बैंकको मुद्धति निक्षेपमा प्रस्ताव पेश गर्ने आज अन्तिम दिन


  • 1.1K
    Shares

    सेबोनले लगानी गर्ने बैंकको मुद्धति निक्षेपमा प्रस्ताव पेश गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ ।

    बोर्डले अक्षय कोषको रकम र लगानी योग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ अन्तर्गत बैंकहरुको मुद्दती खातामा लगानी गर्न लागेको हो ।

    बैंकहरुले आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्नुपर्ने बताएको छ । 

    प्राप्त सिलबन्दी प्रस्तावहरु सेबोनले प्रस्ताव पेस गर्ने अन्तिम दिन अपराह्न ४ः०५ बजे सेबोनको खुमलटारस्थित कार्यालयमा खोल्नेछ।लगानीसम्बन्धी अन्तिम निर्णय सेबोनमा निहित हुने जनाइएको छ । 

    सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन हो । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहने उल्लेख छ ।

     

     

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १२:३०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij