Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता, के भयो निर्णय ?

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता, के भयो निर्णय ?


  • 911
    Shares

    • images
    गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता, के भयो निर्णय ?

    काठमाडौं । गृहमन्त्री ‌ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीचको वार्ता मंसिर २२ गते प्रधानमन्त्रीसहित फेरि छलफलमा बस्ने गरी टुंगिएको छ। 

    शुक्रबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा अर्याल र प्रसाईंसहितको छलफल भएको थियो। २२ गतेको वार्तामा मागसँग सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बस्ने भएका छन्।  

    वार्तापछि प्रसाईंले भने, 'हाम्ले उठाउँदै आएका मागका विषयमा छलफल भयो। अब २२ गते लघुवित्त, सहकारीका विषयमा सरकार कति जिम्मेवार बन्ने भन्ने कुरा भयो।

    योसँगै जनमत संग्रहमा जाने, प्रदेश खारेज गर्नेलगायत हामीले उठाउँदै आएको कुरा अब प्रधानमन्त्रीसहितको वार्तामा कुरा हुन्छ।' 

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १९:१५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij