२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । गत आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमाससम्म कुमारी बैङ्क लिमिटेडले १ अर्ब ९५ करोड ७१ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैङ्कले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा यो नाफा रकम २४.१४ प्रतिशत कम खुद नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैङ्कले २ अर्ब ५७ करोड ९८ लाख ९ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष बैङ्कको सञ्चालन नाफा समेत १५।२४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ५७ करोड ७४ लाख ७५ हजार रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको यस बैङ्कले गत वर्ष ३ अर्ब ३ करोड २१ लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको हो ।
असार मसान्तसम्म आइपुग्ग्दा कुमारी खुद ब्याज आम्दानी भने ७७।११ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ६ अर्ब २१ करोड ७१ लाख ६५ हजार रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको यस बैङ्कले गत वर्ष ११ अर्ब १ करोड १३ लाख ९६ हजार रुपैयाँ भन्दा बढि खुद ब्याज आम्दानी कायम भएको हो । खुद ब्याज आम्दानी भारी मात्रमा बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा बैङ्कको खुद मुनाफामा प्रभाव परेको हो ।
बैङ्कको इम्पेयरमेन्ट चार्ज ५ अर्ब ७३ करोड ५८ लाख ४३ हजार रूपैयाँ रहेको छ । गत चौथो त्रैमाससम्म बैङ्कको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यसले वर्ष यसको बितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।
बैङ्कको चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग ८४ करोड ८३ लाख ५ हजार रुपैयाँ ऋणात्मक, निक्षेप संकलन ७८.७९ प्रतिशत र कर्जा लगानी ७७.३५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैङ्कको प्रतिसेयर आम्दानी १० रुपैयाँ ०८ पैसाले घटेर ७ रुपैयाँ ४६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij