Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ५६.२७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ५६.२७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?


  • 2.4K
    Shares

    स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ५६.२७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
    images

    काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ५६.२७ ले बढेर ३ अर्ब ५२ करोड ५४ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब २५ करोड ५९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ५९.२१५ ले बढेर ५ अर्ब ९५ करोड ५२ लाख ५७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५५.७९५ ले बढेर ५ अर्ब ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । 

    असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ९ करोड २८ लाख ३५ हजार रुपैयाँ छ । त्यस्तै, प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता २८.९९५ छ । नाफासँगै स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । यस बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४७ पैसाले बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा छ । 

     

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - १३:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij