Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

माओवादी पदाधिकारीको जिम्मेवारी बाँडफाँड : कसलाई कुन जिम्मेवारी ?

माओवादी पदाधिकारीको जिम्मेवारी बाँडफाँड : कसलाई कुन जिम्मेवारी ?


  • 2.7K
    Shares

    माओवादी पदाधिकारीको जिम्मेवारी बाँडफाँड : कसलाई कुन जिम्मेवारी ?
    images

    काठामाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो । आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो । कार्यविभाजन सम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा पेस गर्दैछन् । 

    एक जना पदाधिकारीले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।

    अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । 

    उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैर प्रदेश हेर्ने जिम्मा दिएको छ । सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको ती नेताले बताए ।

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १२:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij