Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माओवादी केन्द्र

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने, पार्टीको योजना र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने, पार्टीको योजना र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी 


  • 2.3K
    Shares

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने, पार्टीको योजना र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठक आज पनि कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ। बैठकको आज पाँचौ दिन हो।

    प्रधानमन्त्रीसमेत रहेका  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी छ ।

    शनिबारको बैठकमा जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताले आ आफ्नो धारणा राखेका थिए ।  हरेक सदस्यलाई बोल्न ५ मिनेटको समय दिइएको छ। निर्धारित समयपछि माइक अफ हुनेछ। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

    बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । 

    माओवादीको केन्द्रीय समिति बैठक निकै लामो अन्तरालमा बसेको हो। यसअघि २०७९ असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको थिएन। माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोध गरेपछि लाइभ नगर्ने निर्णय भएको थियो। उक्त बैठक आजसम्म चल्ने छ । 

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - ०७:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij