Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री


  • 2.2K
    Shares

    अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

    नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए ।

    विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उनले  छिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरे । उनले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको उनको भनाइ छ ।

    उनले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए ।

    वर्तमान सरकारको मुख्य लक्ष्यलाई सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिरहेको मन्त्री महतले बताए ।

    सो अवसरमा उनले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखाना लगायतका रुग्ण उद्योग पुन: सञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिए ।

    अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुन: सञ्चालनमा ल्याउन अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि  एक करोड बजेट उपलब्ध गराइसकेको पनि जानकारी दिए ।

    उनले सरकारसँगको सम्झौताअनुसार केन्द्रलाई  २५ करोड दिने उल्लेख भएको र त्योमध्ये हालका लागि  एक करोड अर्थमन्त्रालयबाट निकासा भइसकेको बताए ।

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १६:०९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij