Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

निर्वाचन आयोगले सूर्य चिह्न र पार्टी हामीलाई जिम्मा लगायो भन्दै प्रचण्डले खुलाए यस्तो भित्री खुराक 

निर्वाचन आयोगले सूर्य चिह्न र पार्टी हामीलाई जिम्मा लगायो भन्दै प्रचण्डले खुलाए यस्तो भित्री खुराक 


  • 8.9K
    Shares

    निर्वाचन आयोगले सूर्य चिह्न र पार्टी हामीलाई जिम्मा लगायो भन्दै प्रचण्डले खुलाए यस्तो भित्री खुराक 

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा पुगेर प्रचण्ड र माधव नेपाल बिरुद्द पाखुरा सुर्किदा यता काठमान्डूमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।

    उनले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताए।

    आफूले पहिले पनि संविधान र कानूनका प्रावधानका आधारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने बताएको र आफ्नो भनाइ सत्य सावित भएको बताए ।

    ‘अहिले पनि मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल, लोकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु,’ प्रचण्डले राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ।’

    प्रचण्डले ओलीतर्फ लागेका नेताहरुलाई त्यता नलाग्न र बेलैमा निर्णय गर्न आग्रह समेत गरे।

    ‘तपाईंहरुलाई लठ्ठाइएको छ, निद्रामा हुनुहुन्छ बेलैमा ब्युँझिनुहोस्, आयोगले अब छिट्टै निर्णय गर्दैछ, हामीले पाई नै सक्यौँ, घोषणा हुनमात्र बाँकी हो,’ उनले सो कार्यक्रममा भने।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १७:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij