Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको ३ लाख ७६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा 

नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको ३ लाख ७६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा 


  • 3.0K
    Shares

    • images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको ३ लाख ७६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा 
    images

    काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

    शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ । 

     

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १४:११:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij