२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरका उद्घाटन र शिलान्यास गर्न भ्याईनभ्याई छ । यहि सिलसिलामा आज पोखरा पुगेका प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् ।
पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए ।
‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने ।
उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए । के सुचनाका आधारमा ओलीले त्यसो भने भनेर प्रहरीले त्यसको सुक्ष्म अध्ययन थालेको श्रोतको भनाई छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij