Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित

प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित


  • 2.5K
    Shares

    प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधिसभा बैठक एक हप्ताका लागि सरेको छ। आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना प्रकाशन गरी आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ। 

    उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने एमालेको अडान छ। बैठक सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल र सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल पनि गरेका थिए। 

    (आज) पनि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर छलफल गरेका थिए। उक्त छलफलमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान यथावत् राखेको थियो। यद्यपि सहमति जुट्न नसक्दा सभामुख घिमिरेले बैठक एक हप्ताका लागि स्थगित गराएका छन्। 

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १३:५८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij