२०८२ माघ १२ गते सोमवार
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई प्रहरीले पक्राउ गरेको छ।
सुस्लिङलाई चन्दा आतंक मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट पक्राउ गरिएको हो।
प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गौशाला नगरपालिका वडा नम्बर ११ स्थित तारेचौरीबाट महोत्तरी–सर्लाही इन्चार्ज सुस्लिङलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij