Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

प्रचण्डका घरबेटीले अति गरेपछि ओली सरकारले दियो मौका, प्रचण्डको नाममा कसरी हान्छन् चौका ?

प्रचण्डका घरबेटीले अति गरेपछि ओली सरकारले दियो मौका, प्रचण्डको नाममा कसरी हान्छन् चौका ?


  • 10.0K
    Shares

    प्रचण्डका घरबेटीले अति गरेपछि ओली सरकारले दियो मौका, प्रचण्डको नाममा कसरी हान्छन् चौका ?
    images

    काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमतका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडिदै आएका उनका घरबेटी शारदाप्रसाद अधिकारी चर्चित ठेकेदार हुन्। शैलुङ कन्स्ट्रक्सनका मालिक अधिकारी  धेरैतिर हात हाल्छन तर पूरा चाहिँ गर्न सक्दैनन् ।  त्यसको सोझो अपजसको भारी प्रचण्डले बोक्दै आएका छन् । 

    अर्बौको काम लिएर अलपत्र पारेपछि शैलुङ कन्स्ट्रक्सनलाई सरकारले नगरकोट पुग्ने सडक बनाउन 'अफर' दिएको छ।

    सडक विभागका महानिर्देशक अर्जुनजंग थापा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले साइटमै गएर सबैतिरको स्रोत ल्याएर काम अघि  बढाउने अफर दिएका हुन्। यो सडक दुई महिनामा सक्नुपर्ने सर्त पनि राखिएको छ।

    काम गरे शैलुङका रोकिएका भुक्तानी दिइने छ।

    दुई वर्षमै सक्ने गरि जिम्मा दिएको सडक ६ वर्ष बित्दा पनि नसकेपछि अफर दिएरै भए पनि अघि बढाउन लागिएको विभागले जनाएको छ।महानिर्देशक थापाले दुई महिनामा काम सक्न निर्माण कम्पनी पनि तयार रहेको दाबी गरे।  

    'अहिलेकै अवस्थामा अरु दुई वर्षमा पनि नसक्ने भयो। छरिएर रहेका रिसोर्सहरु ल्याएर काम गर अनि सकेपछि फेरि लैजानु भनेका छौं,' उनले भने।

    विभागका अनुसार शैलुङले धेरै ठेक्का हात पारेका कारण काम गर्न नसकेर सबैतिर अलपत्र छ। कम्पनीसँग सीमित निर्माण सामाग्री र इक्विपमेन्टहरु छन्। सबैतिरको भेला गरेर नगरकोटको सडक बनाउन निर्देशन दिइएको हो। कम्पनीले पाएको दुई महिना अवधिमा अरु आयोजनाले दबाब नदिने बताइएको छ।

    भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने १५।६ किलोमिटरको उक्त सडक २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ असार २ मा शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। २०७३ साउनमा नै पूरा गर्नुपर्ने आयोजनामा लामो समय कामै भएन।  ठेकेदार कम्पनीलाई चारैतिरबाट दबाब दिएपछि मात्रै काम सुरु गर्ने जबाफ दिँदै आएको छ।  

    चार वर्ष अघि नै सक्नुपर्ने सडकको बल्ल ७५ प्रतिशत काम सकिएको छ। आयोजना प्रमुख जगत प्रजापतिका अनुसार कम्पनीले यस अघि नगद प्रवाहको समस्या भएर काम नगरेको हो।

    'हामीले केही सहजीकरण गरिदिएका छौं। उसले निर्माण सामाग्री ल्याउने क्रसरमै गएर सामान दिन आग्रह गर्‍यौं। त्यसपछि कामले गति लिएको छ,' प्रजापतिले भने ।  

    अहिले पर्खाल, नाली बनाउने र बेस राख्ने काम भइरहेको उनले बताए। करिब २० जनाले साइटमा काम गरिरहेका छन्।

    'अलि अलि काम भएकै छ। काम गर्‍यो भने त दुई महिनामै पूरा हुन सक्छ,ु उनले भने, ुरेगुलर मेटेरियल ल्याएर काम गर्नुपर्छ। यसको आन्तरिक व्यवस्थापनमै समस्या छ। कहिले कर्मचारी, कहिले लेबरले काम गर्दैनन्। सामान टाइममा ल्याउन सक्दैनन्।'

    अहिले करिब ८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी ७.६ किमिमा भने बेस राखेर कालोपत्रे गर्नु पर्नेछ। नाली र केही स्थानमा पर्खालका कामहरु बाँकी छन्। आयोजनाले पाँचौ पटक म्याद थपिसकेको छ। पछिल्लो संशोधित तालिका अनुसार आगामी दुई महिनामा सक्नुपर्नेछ।

    करिब ३५ करोड ठेक्काको ३० प्रतिशत जरिवाना तिराइएको छ। ५४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। आयोजनाका अनुसार पहिलेको तुलनामा सडक धेरै सुधार छ। तर कालोपत्रे नहुँदा धुलो र हिलोको सास्ती भने हट्न सकेको छैन्। 

    यो सडक नबनाएको भन्दै प्रधानमन्त्रीदेखि संसदसम्म गुहार्दासमेत काम नभएको भन्दै स्थानीयले शैलुङका सञ्चालक शारदा अधिकारीको फोटो राखेर 'सडक छिटो कालोपत्रे गर' भनेर लेख्दै विभिन्न ठाउँमा टाँसेका थिए।

    शैलुङमाथि राजनीतिक शक्तिको आडमा अर्बौको ठेक्का लिने र मोबिलाइजेसन लिएर आयोजना अलपत्र पार्ने काम गरिरहेको आरोप छ।शैलुङका सञ्चालक अधिकारीको घरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) बस्दै आएका छन्। अधिकारीले काठमाडौं भित्रकै धेरै सडक आयोजना अलपत्र पारेका छन्। राजनीतिक आड रहेकाले सरकारी अधिकारीहरूले उनलाई दबाब दिन गाह्रो मान्ने गरेका छन्। 

    डिभिजन सडक कार्यालय काठमाडौंका पाँच वटा सडक शैलुङले अलपत्र पारेको छ।  डेढ अर्बको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तारको जिम्मा लिएर काम गरेको छैन। बालाजु-रानीपौवा-त्रिशूली ५६ किमिको काम जिम्मा लिएर गरेको छैन। उनले कतै चित्त बुझ्दो काम नगर्ने र प्रचण्डको आडमा तर्साउने गरेको बुझिएको छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १४:२०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij