Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

नेकपाका नेतालाई चौरमा लाईन लगाएर निर्वाचन आयोगले यसरी आधिकारिकताको गर्दैछ निर्णय

नेकपाका नेतालाई चौरमा लाईन लगाएर निर्वाचन आयोगले यसरी आधिकारिकताको गर्दैछ निर्णय


  • 6.4K
    Shares

    नेकपाका नेतालाई चौरमा लाईन लगाएर निर्वाचन आयोगले यसरी आधिकारिकताको गर्दैछ निर्णय
    images

    काठमाडौं । नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बनेको आरोप लागेपछि यो साताभित्र नेकपाका नेताहरूको टाउको गनेर विवाद निरुपण गर्ने प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरू लगभग सहमत भएका छन् ।

    आयुक्तहरूमध्येका पुराना ईश्वरीप्रसाद पौड्यालले प्रचलित ऐन,नियम कानुन र विधिविपरित निर्णय गरेको अवस्थामा नोट अफ डिसेन्ट लेख्नसक्ने सुईंको थाहा पाएपछि आयोगका पदाधिकारीहरू जे पर्ला पर्ला भनेर गर्न खोजिएको निर्णयबाट एकाएक पछि हटेको बताइन्छ ।

    अहिले नेकपाभित्रको विवाद निरुपण केन्द्रीय समिति सदस्यलाई बोलाएर एक एक गरी टाउको गन्नुबाहेक अरु विकल्प नरहेपछि आयोगले टाउको गन्ने प्रोसेसको बारेमा छलफल चलाएको हो । स्रोत भन्छ ‘त्यहि प्रोसेसमा जाने सल्लाह भइरहेको छ । त्यसपछि जे हुन्छ हुन्छ ।’ सरकारदेखि संसदसम्म खेल संख्यामा गएर अड्किएकाले अन्य विधिबाट समस्या हल नहुने विज्ञहरूले पनि बताउँदै आएका छन् । त्यसैले यो हप्ताभित्र टाउको गन्न थाल्नुअघि बालुवाटारलाई आफ्नो दाबी पेश गर्न पत्र लेख्ने तयारी छ ।

    पछिल्लो पटक आइतबार पुगेको नेकपा ९बहुमत० को टोलीलाई आयोगका उच्च अधिकारीहरूले यो साताभित्र आफूहरूले उपयुक्त निर्णय गर्ने जानकारी गराएर पठाएका छन् । सर्वोच्च अदालतको गत साताको संसद पुनर्स्थापनासम्बन्धी फैसलापछि सबैको नजर आयोगतर्फ सोझिएको छ । आयोगको बिलम्बले दुई वटामध्ये एउटा पक्षलाई कम्तिमा अदालत जाने मार्ग अवरुद्ध हुँदै आएको छ ।

    आयोगमा उक्त विषयमा सर्वसम्मत निर्णय नआउने भएपछि प्रक्रिया लम्बाइएको स्रोतको दाबी छ । आयोगको कार्यविधिमा जुनुसकै निर्णय गर्दा सर्वसम्मत हुनुपर्ने व्यवस्था उल्लेख छ । अल्पमत वा बहुमतको आधारमा कुनै पनि निर्णय गर्न नपाइने भएकाले पनि आयोग पदाधिकारीहरू जबर्जस्ती गर्नबाट पछि सरेको बताइन्छ ।

    आयोगको निर्णय प्रक्रियामा भएको बिलम्बले नेकपा भीरमा फलेको फर्सी जस्तै बनेको छ । त्यहि अप्ठेरो अवस्थाले सिष्टम बचाउने वा कोल्याप्स गर्ने भन्ने डिलमा मुलुक नाजुक तरिकाले पुगेको बताइन्छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १४:०६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij