२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् ।
सोमबार काठमाडौंमा रास्वपा सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचार विरुद्ध आवाज उठाएर रास्वपा अगाडि आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताए ।
उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसँग र विभिन्न राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दाबी गरे । निर्वाचनमा जानुअघि रास्वपाले उठाएको मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उनले बताए ।
लामिछानले आगामी चुनावसम्म धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले पार्टी राजधानी केन्द्रित नभएर गाँउबस्तीमा पुगेर संगठन विस्तार गर्ने जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij