२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । संसद् सञ्चालनका विषयमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रतिपक्षी दलका नेता आली बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग सहयोग गरेर अघि बढ्न अनुरोध गरेका छन्। यसअघि गत साउन १० मा बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेपछि संसद पाँच दिनका लागि स्थगित गरिएको थियो।
‘प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन गरेर रोकिएका विधेयकलाई अगाडि बढाउन र कोशी सरकार गठनका विषयमा प्रधानमन्त्रीले चासो राखेर छलफल अघि बढाएका हुन्,’ आचार्यले भने, ‘छलफल सकारात्मक छ।’
प्रतिनिधिसभाको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij