Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

निहुँ खोज्न र खोंचे थाप्न खप्पिस ओलीले प्रचण्ड-माधवलाई तातो थाङ्नामा यसरी सुताउँदैछन् 

निहुँ खोज्न र खोंचे थाप्न खप्पिस ओलीले प्रचण्ड-माधवलाई तातो थाङ्नामा यसरी सुताउँदैछन् 


  • 5.7K
    Shares

    निहुँ खोज्न र खोंचे थाप्न खप्पिस ओलीले प्रचण्ड-माधवलाई तातो थाङ्नामा यसरी सुताउँदैछन् 
    images

    काठमाडौं । हिजो फागुन १६ गते गृहनगर झापा पुगेर प्रधानमन्त्री केपी शर्मा कुर्लिए ‘सक्छौ भने अविश्वास प्रस्ताव ल्याओ र पास गरेर देखाओ ।’ पार्टी र संसदमा स्पष्ट अल्पमतमा रहँदारहँदै पनि उनले  किन अविश्वास प्रस्तावको चुनौति दिए होला ? किनभने कुरो स्पष्ट छ ‘यदि अविश्वास प्रस्ताव अहिले ल्याइयो र अनेक प्रपञ्चबाट त्यो खड्गो पार गर्न सकियो भने एक वर्षको लागि ढुक्क हुने भयो । त्यसपछि चुनावी सरकार भन्ने हुन्छ ।’

    अहिले अविश्वासबाट उम्किए पनि आगामी जेठ १५ को बजेट र नीति तथा कार्यक्रम त पास हुनै पर्ला । ती फेल भएमा के हुन्छ ? सरकारमाथि समस्या त अब पाइला पाइलामा छ । तर, राजनीतिक मूल्य,मान्यता र सिद्धान्त मात्र होइन संविधानमा लेखिएका धारा र उपधारालाई समेत वास्ता नगर्ने भएपछि कसैको केही लाग्दैन भन्ने मान्यतालाई अहिले प्रधानमन्त्रीले प्रमाणित गर्दै हिँडेका छन्  ।

    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दैन भन्नेमा दुई सय प्रतिशतले ढुक्क रहेका प्रधानमन्त्री गत मंगलबारको फैसलापछि अल्मलिएका  छन्  । त्यसैको तोडमा उहाँले अब संसदभित्र हुने आफूविरुद्धको मोर्चालाई असफल बनाउने रणनीतिबमोजिम विभिन्न कार्यक्रममा गर्जिएका  नेकपा (बहुमत)का नेताहरुले अनुमान लगाएका हुन् । उनीहरुको टिप्पणी छ ‘लाज घीन भन्ने नभएपछि हुने नै यस्तै हो ।’

    आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै भनिएको छ ‘केपी ओलीलाई हटाइएकाले पुसदेखि संसदीय दलको नेता स्वतः उनी  बनेका छन्  । देव गुरुङ्गले सभामुखसामु आफ्नो प्रमुख सचेतक पद कायम रहेको दावी प्रस्तुत गरे झैं अब राष्ट्रपति निवास शीतल निवासमा संसदीय दलको नेताचाँहि म हुँ भनेर जानुपर्यो । त्यही दलले चुनेको प्रधानमन्त्रीले म ६४ ५ प्रतिशतको भनिरहन पाउने, प्रमुख सचेतकचाहिँ खुस्केको मानिने ? ’

    प्रधानमन्त्रीले संसद पुनर्स्थापनालगत्तै नेकपा संसदीय दलको बैठक बोलाएर प्रमुख सचेतक फेरेको बताएका छन्  । तर,बहुमतमा रहेको प्रचण्ड तथा नेपाल पक्षले भने पुसको पहिलो साता बोलाएको संसदीय दलको बैठकपछि थप निर्णय केही पनि गरेको छैन ।

    खुमलटार निकट सांसदहरुले भन्न थालेका छन् ‘पहिले नै संसदीय दलको नेताबाट हटाइएको भए, सायद प्रधानमन्त्रीको गोटी बन्द भइसक्थ्यो । इमान्दारिताले राजनीति चल्दैन ।’ उता बालुवाटारले भने एकपछि अर्को उल्टो कदम चाल्दै हिँडेको छ । नियम र कानुन पनि मान्नु परेको छैन । पेलेरै जाने रणनीति अवलम्बन गरिएको छ । संविधानको धारासमेत आफ्नै तरिकाले ब्याख्या गर्नेको अगाडि प्रचण्ड र नेपाल समूह भने सम्मै देखिएको बताइन्छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १३:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij