Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माओवादी पदाधिकारी बैठक बालुवाटारमा बस्दै

माओवादी पदाधिकारी बैठक बालुवाटारमा बस्दै


  • 2.5K
    Shares

    माओवादी पदाधिकारी बैठक बालुवाटारमा बस्दै

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताएका हुन्।

    आजको बैठकले १७ साउनमा बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बुझिएको छ। यसअघि बिहीबार पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो। त्यतिबेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा रहे पनि अहिले देश फर्किइसकेका छन्।

    बिहीबारको पदाधिकारी बैठकमा तय भएका एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायले जानकारी दिए। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी १७ साउनदेखि तीन दिनसम्म प्रज्ञामा बस्ने कार्यसूची छ।

    प्रकाशित मिति :श्रावण १३ २०८० शनिवार - १०:४८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij