Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रधानमन्त्री दाहालले गरे रोममा ओलम्पिक रङ्गशालाको अवलोकन 

प्रधानमन्त्री दाहालले गरे रोममा ओलम्पिक रङ्गशालाको अवलोकन 


  • 2.4K
    Shares

    प्रधानमन्त्री दाहालले गरे रोममा ओलम्पिक रङ्गशालाको अवलोकन 
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्रीले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् ।

    अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राखेका थिए। सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ ।

    प्रधानमन्त्रीले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।

    रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए। दाहाललाई रङ्गशालाका अधिकारीहरुले सम्पूर्ण जानकारी गराएका थिए ।

    उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए ।

    prachanda.jpg

    PM-Prachanda-Italy-Olympic-Stadium-1-1536x878.jpg

    PM-Prachanda-Italy-Olympic-Stadium-3-1536x1047.jpg

            

     

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - १७:०२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij