Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु : रघुजी पन्त

कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु : रघुजी पन्त


  • 5.7K
    Shares

    कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु : रघुजी पन्त
    images

    काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पन्तले भने आफ्नो आशय वलीलाई चोट पुर्‍याउने नभएको स्पष्टीकरण दिएका छन् । उनले अनलाइनखबरसँग भने, ‘मेरो अभिव्यक्ति उहाँप्रति लक्षित थिएन । तर त्यसले उहाँलाई चोट पुगेकोमा म दुःख व्यक्त गर्छु ।’

    के भनेका थिए पन्तले ?

    कार्यक्रममा सहभागीहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका पन्तले पार्टीमा देखिएको प्रवृत्तिबारे टिप्पणी गरेका थिए । त्यसक्रममा उनले भनेको ३० सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भिडियोमा भनिएको छ,

    ‘‍‍‘महिलाहरु केपीतिर पनि छन्, २० औं वर्ष बिहे नगरेर बसेका छन् । तिनले टिकट पनि पाएनन्, राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । तिनी राष्ट्रियसभा सदस्य भइन्, केन्द्रीय कमिटी सदस्य पनि भइन् ।’

    कोमल वलीको आपत्ति

    भिडियो सार्वजनिक भएपछि राष्ट्रियसभा सदस्य ओलीले पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।

    पन्तको अभिव्यक्तिले आमा दिदी बहिनीको अपमान गरेको भन्दै उनले भनेकी छन्, ‘विवेकहीन मानिसको आलोचना ले आफैंलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १६:४९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij