२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द "विप्लव"सँगको वार्ता केही दिनभित्रै निष्कर्षमा पुग्ने दाबी गरेका छन् ।
झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई शान्ति र विकासतर्फ उन्मुख गराउनका निम्ति सरकार लागि परिरहेकाले विप्लवसँगको वार्ता केही दिनमै टुंगिने दाबी गरे । उनले प्रचण्डलाई देखाउन मात्रै भए पनि विप्लब संग वार्ता गर्न खोजेका हुन्।
‘विप्लवसँगको वार्ता सफल भएको दृश्य तपाईंहरूले केही दिनभित्रै टेलिभिजनमा देख्न सक्नुहुनेछ,’ उनले भने । विप्लवसँगको वार्ता निष्कर्ष नजिक पुगेको उनको दाबी छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij