Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुन प्रकरणपछि कर्मचारीको सरुवा गर्ने कि बर्खास्त ? : रवि लामिछाने

सुन प्रकरणपछि कर्मचारीको सरुवा गर्ने कि बर्खास्त ? : रवि लामिछाने


  • 3.0K
    Shares

    सुन प्रकरणपछि कर्मचारीको सरुवा गर्ने कि बर्खास्त ? : रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको आरोप लगाए ।

    ‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारी साटफेर गर्नुपर्ने हो ?’ यो विषयमा हल्का रुपमा केही मान्छेलाई सरुवा गरेर मात्र हुन्छ ?’ उनले प्रश्न गरे, ‘डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने समय दिइएको छ । कतिले फोन फम्र्याट गर्लान्, कतिले टेलिभिजनमा तामातुलसी गर्लान् ।’ ‘कतिलाई मिडिया न्यारेटिभ बनाउन समय मिल्छ होला।

    उनले ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप लगाए । ‘यदि भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई नै समात्न सकिन्थ्यो होला नि, त्यसो किन गरिएन ?’ लामिछानेले भने ।

    उनले सुन तस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको बताए । आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिएमा रास्वपाले फेरि अर्को कदम चाल्ने बताए ।

     

     

    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - १५:५८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij