Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

प्रधानमन्त्री ओली गृह जिल्ला पुगेकै दिन सिंहदरबारमा ह्वात्तै बढ्यो चहलपहल, संसदमा कसरी हुँदैछ छल ?

प्रधानमन्त्री ओली गृह जिल्ला पुगेकै दिन सिंहदरबारमा ह्वात्तै बढ्यो चहलपहल, संसदमा कसरी हुँदैछ छल ?


  • 6.5K
    Shares

    प्रधानमन्त्री ओली गृह जिल्ला पुगेकै दिन सिंहदरबारमा ह्वात्तै बढ्यो चहलपहल, संसदमा कसरी हुँदैछ छल ?
    images

    काठमाडौं । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेपछि सिंहदरबार सुनसान भएको थियो । सांसद, प्रधानमन्त्री तथा मन्त्री बस्ने सिंहदरबारमा सेवाग्राही तथा विभिन्न पार्टीका नेता र कार्यकर्ताको चहल पहल भइरहन्छ ।

    चुनावको मिति घोषणा भएपछि कतिपय सांसद तथा मन्त्री चुनावको तयारीमा लागे भने कतिपय आन्दोलनमा सहभागी भएका थिए । ती मन्त्री, सांसदसँग आउने कार्यकर्ता तथा नेताहरु पनि उतै बरालिए । तर आज प्रधानमन्त्री केपी ओली चाहि झापा पुगेका छन्। 

    त्यही भएर सिंहदरबार सुनसान देखिएको थियो । तर, फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि सिंहदरबारमा फेरि चहलपहल बढेको हो । अरु दिनको तुलनामा आज आइतबार अलि बढी चहल पहल देखिएको छ । फागुन १४ गतेको मन्त्रिपरिषद्को बैठकले २३ गते प्रतिनिधिसभाको बैठक बस्ने निर्णय गर्दै राष्ट्रपतिकहाँ सिफारिस गरेपछि चहलपहल बढेको हो । 

    आ–आफ्नो जिल्ला पुगेका सांसदहरु काठमाडौं फर्किसकेका छन् भने चुनाव नहुने भएपछि मन्त्रीहरु पनि जिल्ला दौडाहा छाडेर सिंहदरबार केन्द्रीत भएका छन् । मन्त्री कति दिनसम्म रहने भन्नेमै निश्चित नभएको कारण मन्त्रीहरुले मन्त्रालयमा विशेष समय दिन थालेका छन् । त्यसले गर्दा अलि चहल पहल बढेको शहरी विकास मन्त्रालयका एक अधिकृतले बताए । 

    उनले भने, ‘यसअघि हाम्रा मन्त्रीले अधिकांश समय जिल्लामा नै बिताउनु हुन्थ्यो, प्रतिनिधिसभा पुनःस्थापना भएपछि नियमित मन्त्रालय आउन थाल्नु भएको छ, मन्त्री मन्त्रालयमा भएपछि कार्यकर्ताको भिडभाड स्वभाविक रुपमा बढ्छन् ।’ 

    जनता समाजवादी पार्टी नेपालका संसदीय दलको कार्यालयमा कार्यरत अधिकृत नरमान महर्जनले भने, ‘अघिपछि सुनसान नै हुन्थ्यो तर आजदेखि चहल पहल बढेको छ । फाटफुटरुपमा माननीयहरु आउन थाल्नु भएको छ ।’

    यस्तै कृषि मन्त्रालयका एक सहसचिवले पनि मन्त्रालयमा निकै चहल पहल बढेको बताए । उनले भने, ‘केही दिनदेखि मन्त्रालयमा पार्टी नेता तथा कार्यकर्ताहरु चाप अहिले बढी नै देखिन्छ, त्यो किन हो थाह छैन ।’

    सिंहदरबारको सुरक्षामा खटिएका प्रहरी जवान गोपाल सुनारले सिंहदरबारमा गतिविधि बढेको बताए । विगतको भन्दा अहिले सिंहदरबार छिर्नेको संख्यामा केही वृद्धि भएको उनले बताए ।  

    प्रतिनिधिसभा सदस्य एकवाल मियाले संसद विघटन भएको बेलामा आफू बाहिरी काममै व्यस्त भएको भन्दै पछिल्लो समय सिंहदरबार पुग्दा चहल पहल बढेको पाइएको बताए  ।

    ‘संसद् विघटन भएपछि पुनःस्थापना हुन्छ कि हुँदैन भन्ने अन्योल थियो त्यही कारणले अधिकांश सांसदहरु घरघर पुगिसकेका थिए’, उनले भने, ‘अहिले संसद् बैठक बस्ने मिति  तय भएपछि सांसदहरु काठमाडौं आउन थालेपछि स्वाभाविक रुपमा सिंहदरबारमा चहलपहल बढ्ने नै भयो ।’

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १६:०३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij