२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको छ । नेप्से आज दोहोरो अंकले बढेर १८ सय विन्दु पार पनि गरेको छ ।
नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक २९.६८ अंकले बढेर एक हजार ८१० दशमलव ११ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक भने ४।४२ अंकले बढेर ३४९।३७ मा पुगेको छ ।
कूल १९६ वटा कम्पनीको एक करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ४४ करोड २९ लाख ५० हजार एक सय ८९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी एउटा उपसमूहको शेयर मात्र घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij