Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिजी नेटले  ल्यायो आकर्षक अफर : एक महिनाको इन्टरनेट र स्मार्टवाच 

सिजी नेटले  ल्यायो आकर्षक अफर : एक महिनाको इन्टरनेट र स्मार्टवाच 


  • 2.8K
    Shares

    सिजी नेटले  ल्यायो आकर्षक अफर : एक महिनाको इन्टरनेट र स्मार्टवाच 

    काठमाडौं । नेपाली इन्टरनेट सेवा क्षेत्रको परिचित कम्‍पनी सिजी नेटले आरआरआर (रिफर, रिडिम र रिपिट) नामको नयाँ अफर ल्याएको छ । यसअन्तर्गत सीजीनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउने भएका छन् ।

    यसै अफर अन्तर्गत हरेक रिफरर (रिफर गर्ने ग्राहक) ले अफरको अन्त्यमा विभिन्न उपहार पाउने भएका छन् । कम्पनीका अनुसार तीन जनासम्म रिफर गर्ने ग्राहकले उच्च गुणस्तरको एयरपड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउने ग्राहकलाई स्मार्टवाच प्रदान गरिने छ ।

    सिजी नेटका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्छन्,'हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई आरआरआर अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा हितैषी ग्राहकहरुलाई उनीहरुको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकामा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्दर्छौं' ।

    ४५ दिनसम्म चल्ने आरआरआर अफर अवधिभर सफलतापूर्वक सबैभन्दा बढी रिफर गर्ने तीन जनामध्ये सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस्तै दोस्रो धेरै रिफर गर्ने ग्राहकले ४३ इन्चको स्मार्ट टिभी र तेस्रो धेरै रिफर गर्नेले ३२ इन्चको स्मार्ट टिभी पाउनेछन् ।

    RRR.jpg

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - १७:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij