Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

म मौन व्रत बस्दैमा सबै समस्या हल हुँदैन : गगन थापा

म मौन व्रत बस्दैमा सबै समस्या हल हुँदैन : गगन थापा


  • 2.4K
    Shares

    म मौन व्रत बस्दैमा सबै समस्या हल हुँदैन : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले बोल्न बन्द गरेर पार्टीको समस्या हल नहुने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।  

    उनले भने, ‘बाहिर जे–जे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगत रूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन व्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ ।’

    उनले महामन्त्री मौन बस्यो भने ठिक हुन्छ भन्ने कुराले पार्टी दुर्घटनामा पर्ने पनि बताए ।  ‘मलाई के लाग्छ सभापतिज्यू । मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ,’ उनी भन्छन्, ‘यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर सबै ठिक छ भन्ने बेलामा हो । यो बेलामा हामी सम्हालिनुपर्छ ।’

    थापाले आफूहरू फुटबल हारेको टिम जस्तै भएको बताए । उनले भने, ‘हामी फुटबल हारेको टिम जस्तो भएका छौँ । यस्तो किन भयो ? बुझ्नुपर्छ ।’ उनले आफूले प्रस्तुत गरेको एजेन्डामा लाञ्छना लागेको बताए । थापाले बाहिर जाँदा समस्या देखिने बताए ।

    ‘पछिल्ला दिनमा महसुस गरेको कुराले आत्तिएको छु । जे बाहिर गयो खुसी छ, जो बाहिर गएन उ दुःखी छ । गाउँको किसानदेखि ठुलो उद्यम गरेकाहरू शिक्षक कोही पनि खुसी छैन,’थापाले भने । भोलि राम्रो हुने बारेमा कतै विश्वास भएको भन्दै निराशा डरलाग्दो  रहेको बताए ।

    ‘होप नै मरेको देख्छु । भोलि राम्रो हुने बारेमा कतै विश्वास नै छैन । निराशा डरलाग्दो हुन्छ र यसको व्यापार डरलाग्दो हुन्छ । यसको व्यापार गर्ने हाम्रो वरिपरि छन् ,’ उनले भने ।

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १६:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij