Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

त्यो बेला के हेरेर बस्नु भो भन्दै कोमलले रघुजीको मुखमा कोचिदिईन् प्रश्नको यस्तो बुझो 

त्यो बेला के हेरेर बस्नु भो भन्दै कोमलले रघुजीको मुखमा कोचिदिईन् प्रश्नको यस्तो बुझो 


  • 5.9K
    Shares

    त्यो बेला के हेरेर बस्नु भो भन्दै कोमलले रघुजीको मुखमा कोचिदिईन् प्रश्नको यस्तो बुझो 
    images

    काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् ।

    हाल दाङमा रहेकी वलीले काठमाडौं फर्कनासाथ प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् । ‘अहिले यो विषयमा सरसल्लाह गरिरहेकी छु, सबैले कानूनी प्रक्रियामा जान सुझाव दिनुभएको छ,’ उनले भनिन् ।

    नेता पन्तको अभिव्यक्ति आफ्नो लागि मात्र नभएर सबै नेपाली महिलाहरुका लागि अपमानजनक रहेको कोमलले बताइन् । राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण यसबाट प्रतिबिम्बित भएको उनको भनाइ छ ।

    ‘उहाँबाट मैले यस्तो निकृष्ट सोचको कल्पना नै गरेको थिइनँ,’ वलीले भनिन्, ‘यसमा म चुप लागेर बसेँ भने भोली अरु महिलाहरुले पनि यसैगरि आरोपित बन्नुपर्नेछ ।

    सामाजिक सञ्जालमा कतिपयले तपाईंलाई राजनीतिक योगदानबिना केपी ओलीले राष्ट्रियसभा मनोनित गरेको भनेर पनि टिप्पणी गरेका छन् नि ? भन्ने प्रश्नमा कोमलले यसरी प्रष्टिकरण दिइन् :

    ‘केपी ओलीले टप्प टिपेर राष्ट्रियसभामा ल्याउनुभएको आरोप पूर्णरुपमा झूटो हो । म तल्लो कमिटीदेखि सिफारिस भएर आएकी हुँ । पहिले जिल्ला कमिटीले सिफारिस गर्‍यो । त्यसलाई प्रदेश कमिटीले सदर गरेर एक नम्बरमा नाम राखेर पठायो । अनि, स्थायी कमिटीले पारित गरेपछि बल्ल म राष्ट्रियसभामा पुग्ने बाटो खुलेको हो । स्थायी समितिले मेरो निर्णय गर्दा रघुजी पन्तले किन रोक्नुभएन ? अहिले फरक पार्टी भयो भन्दैमा यसरी आरोपित गर्न मिल्छ ?’

    आफूलाई कलाकारितामा दिएको योगदानका लागि पार्टीले सम्मान दिएको वली बताउँछिन् ।

    ‘विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरू छानेर लैजाने ठाउँ हो राष्ट्रियसभा । कलाकारितामा मेरो योगदान क्षमता हेरेर नै एमालेले मलाई प्रवेश गराएको हो । राष्ट्रियसभा गरिमा र कार्यक्षेत्र नै फरक छ । त्यहाँ मैले अनेकन मुद्दाहरूमा आवाज उठाएर जिम्मेवारी निभाइरहेकी छु । जनताको पक्षमा बोलिरहेकी छु । सरकारलाई सहयोग पनि गरिरहेकी छु । सबैभन्दा बढी संशोधन प्रस्तावहरू राख्ने सांसदमा पर्छु । उहाँलाई मैले राष्ट्रियसभामा निभाएको भूमिका थाहा छैन होला ।’ उनले भनिन् ।

    आफूले लड्ने कानूनी लडाईंमा प्रचण्ड-नेपाल पक्षका महिला नेतृहरूले पनि साथ दिनुपर्ने वलीको भनाइ छ ।

    ‘उहाँहरूले पनि आवाज उठाउनुपर्छ, किनभने भविष्यमा उहाँहरूले पनि यस्ता आरोप खेप्नुपर्ने हुन सक्छ,’ वलीले भनिन् ।
    नेता पन्तसँग आफ्नो पहिले राम्रो सम्वन्ध रहेको वलीले उल्लेख गरिन् ।

    ‘उहाँ प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदादेखि नै चिनेको हो । म उहाँलाई म सम्मान गर्थेँ । दाई भन्थे । तर, मलाई आज एकदमै ठूलो चोट पुर्याउनुभयो,’ उनले भनिन् ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १४:०३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij