Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

रघुजी पन्तलाई सनासो लगाउने कोमल वलीले गरिन् घोषणा, सुटुक्क पिंडुला हेर्दै केपीले कतिलाई के-के बनाए ?

रघुजी पन्तलाई सनासो लगाउने कोमल वलीले गरिन् घोषणा, सुटुक्क पिंडुला हेर्दै केपीले कतिलाई के-के बनाए ?


  • 8.2K
    Shares

    रघुजी पन्तलाई सनासो लगाउने कोमल वलीले गरिन् घोषणा, सुटुक्क पिंडुला हेर्दै केपीले कतिलाई के-के बनाए ?
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले लोकगायिका तथा राष्ट्रिय सभा सांसद कोमल वलीमाथि सार्वजनिकरुपमा ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेका छन् । उनले हिजो एक कार्यक्रममा बोल्दै वलीले ‘सरक्क सारी सर्काएर पिंडुला देखाएको भरमा’ संसद बनेको दावी गरे ।

    पन्तले आफ्नो पार्टीमा संघर्ष गरेका महिलाहरुले अवसर नपाएको चर्चा गर्ने क्रममा वलीको प्रसंग निकालेका थिए । उनको भनाइ जस्ताको तस्तै-‘‘छन्, महिलाहरु अहिले केपीतिर पनि लागेका छन् । बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरु छन् । तर, तिनले टिकट पनि पाएनन् । राष्ट्रिय सभा पनि पाएनन् । केपी ओलीले यसो‘ केरे‘ कोमल वलीले यसो (सारी उचालेको हाउभाउसहित) सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि संसद त तिनै भइन् ।’

    पन्तको यस्तो अभिव्यक्तिमा सहभागीहरु हाँसेको र ताली बजाएको समेत सुनिन्छ ।

    पन्तको उक्त टिप्पणीमाथि कोमलले आपत्ति जनाएकी छन् । उनले एउटा ट्वीट गर्दै पन्तलाई नीच व्यक्तिको संज्ञा दिएकी छन् ।

    वली लेख्छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति नीच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पन्तजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईंको जस्तो दरिद्रसोचको शिकार हुनुपर्छ ।’

    नेकपाका दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् । 

    दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् । नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी छन् ।

    "म अहिले दाङमा छु । उहाँले जसरी कोमल वलीले" "सारी सर्काएर पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद पद पाएको" भन्नु भएको छ, यो उहाँको निच अभिव्यक्ति हो । उहाँले ममाथि मात्र होइन सफलता प्राप्ते महिलाका विषयमा जुन किसिमको अभिव्यक्ति दिनुभयो, त्यो आपत्तिजनक छ," उनले भनिन्, "साथीभाइहरुसँग सरसल्लाह गर्दैछु । भोलिसम्म दाङमै व्यस्त छु । पर्सी काठमाडौंमा आइसकेपछि मेरो वकिलसँग सरसल्लाह गरेर कानुनी प्रक्रियामा जाने विचार गरेको छु । म न्यायको लागि अदालतमा जान्छु ।"

    पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले दुवै पद पाएको बताएका थिए । नेता पन्तको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन् । रघुजीको अभिव्यक्तिमाथि सामाजिक सञ्जाल तिर पनि चर्को आलोचना भएको छ । वली नेकपा ओली समूहमा खुलेकी छन् । उनलाई ओलीले नै सांसद बनाएका हुन्।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १३:३९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij