Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

माधव र झलनाथलाई छिर्के हानेर ओलीले यसरी पुर्याउदैछन् सय सांसद, कतिको जान्छ सांसद पद ?

माधव र झलनाथलाई छिर्के हानेर ओलीले यसरी पुर्याउदैछन् सय सांसद, कतिको जान्छ सांसद पद ?


  • 20.5K
    Shares

    माधव र झलनाथलाई छिर्के हानेर ओलीले यसरी पुर्याउदैछन् सय सांसद, कतिको जान्छ सांसद पद ?
    images

    काठमाडौं । नेकपाभित्र विवाद चर्कँदै जाँदा ओली निकटस्थले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गराए पछि  केपी शर्मा ओलीको नेकपा एमाले ब्युँताउने चाहना सतहमा प्रकट भएको थियो । अहिले त्यसले मुर्त रुप लिने सम्भावना बढेको छ। 

    एमाले आयोगमा दर्ता गर्न पुगेकाहरु सांसद महेश बस्नेतसँग नजिक रहेकाहरु नै थिए । यो देखेर ओलीमाथि प्रचण्डले एमाले ब्युँताउन खोजेको आरोप लगाएका थिए ।

    अहिले ऋषि कट्टेलले नेकपा नाम जुधेकोबारे निर्वाचन आयोगविरुद्ध दायर मुद्दामा फैसला आउँदैछ । २० फागुनमा यसउपर फैसला आउन लागेको छ । कट्टेलको पक्षमा फैसला आएमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँतन सक्छ । यस्तो अवस्थाको चाहना स्वयं ओलीले पनि राखेको संकेतहरु मिल्न थालेको छ ।

    कानुनी रुपमा नेकपा एक रहेको अवस्थामा संसदीय दलमा अल्पमतमा परेर ओली हटाइनसक्छन् । अहिलेको अंकगणित हेर्दा ओलीको पक्षमा ८३ र प्रचण्ड माधव नेपालको पक्षमा सभामुखसहित ९१ जना रहेका छन् । तर, दुवै पक्षको दाबी फरक छ । अवस्था यस्तै रहेमा ओली अल्पमतमा परेर संसदीय दलबाट हट्ने र प्रधानमन्त्री पदबाट स्वतः हट्छन् । तर, उनी आफूबाट सत्ता प्रचण्ड या माधवकुमार नेपालको हातमा जाओस् भन्ने चाहँदैनन् ।

    ओलीले प्रचण्ड र नेपालले लड्डु खाएकोमा के पाउन खाएका हुन् रु भनी व्यङ्ग्य गरिसकेका छन् । उनी बरु नेकपा एमाले ब्युँताएर सत्ता जोगाउने र अन्य दललाई समिकरणमा ल्याउन खोजिरहेका छन् ।

    नेकपा एमाले ब्युँतिएमा ओलीको पक्षमा एक सयभन्दा बढी सांसद संख्या हुनसक्छ । पूर्व एमालेहरु सुर्य चिन्हबाट चुनाव लडेकाले वाध्यात्मक अवस्थाबीच उनीसँग आउनुपर्ने हुनसक्छ । स्वयं माधवकुमार नेपाल र झलनाथ खनाल पनि अप्ठ्यारोमा पर्न सक्छन् । ओली यही चाहिरहेको बुझ्न सकिन्छ ।

    नेकपा एमाले ब्युँतिएमा ओली संसदीय दलमा भारी बहुमतमा रहन सक्छन् । त्यतिबेला उनको सत्ता समिकरण जनता समाजवादी पार्टीसँग पनि हुनसक्छ । काँग्रेससँग पनि हुने सम्भावना छ । तर, काँग्रेसलाई सत्तामा जान दलभित्र रोकटोक हुनसक्छ ।

    एमाले र माओवादी रहँदाको सांसद संख्याको अंकगणित हेर्दा एमाले जसपासँग समिकरण गरेर सरकारको नेतृत्वमा जानसक्छ । या अल्पमतको पहिलो पार्टी भएकाले एमालेले नै सरकारको नेतृत्व गर्न सक्छ । काँग्रेस प्रमुख प्रतिपक्षी दलमै रहन पुग्छ ।

    एमालेबाहेकको दलहरुले सरकार बनाउने हो भने काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी तीनैवटा मिल्नुपर्ने हुन्छ । यसले राजनीति झन् जटिल बनाउनसक्छ ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १२:५७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij