Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नारायणकाजी श्रेष्ठ माओवादीको कार्यबाहक अध्यक्ष

नारायणकाजी श्रेष्ठ माओवादीको कार्यबाहक अध्यक्ष


  • 3.7K
    Shares

    नारायणकाजी श्रेष्ठ माओवादीको कार्यबाहक अध्यक्ष

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई दिइएको पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए ।

    इटाली भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज इटाली प्रस्थान गरेका थिए ।

     

    प्रकाशित मिति :श्रावण ६ २०८० शनिवार - १९:५२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij