Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

ओलीलाई हुत्याउन प्रचण्ड-माधवलाई झन्-झन् गाह्रो, कांग्रेस र राजपाले हाल्दिए यस्तो तगारो !

ओलीलाई हुत्याउन प्रचण्ड-माधवलाई झन्-झन् गाह्रो, कांग्रेस र राजपाले हाल्दिए यस्तो तगारो !


  • 5.4K
    Shares

    ओलीलाई हुत्याउन प्रचण्ड-माधवलाई झन्-झन् गाह्रो, कांग्रेस र राजपाले हाल्दिए यस्तो तगारो !
    images

    काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरी १३ दिन भित्रै प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएपछि संसद बैठक फागुन २३ गते बस्न लागेको छ । 

    प्रधानमन्त्री ओलीले राजीनामा नदिने र प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव ल्याए सामना गर्ने अडानमा छन् । उनले अझै पनि आफूलाई प्रतिनिधि सभामा ६३ प्रतिशतको समर्थन रहेको बताइरहेका छन् । यसको मुख्य कारण हो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को औपचारिक विभाजन नहुनु । 

    प्रधानमन्त्री ओलीले उनले राजीनामा दिए पनि सरकार बन्न नसक्ने भएकाले देशलाई अन्यौलमा राख्न नसक्ने बताएपछि नेकपाकै पुष्पकमल दाहाल र माधव नेपाल खेमालाई अविश्वासको प्रस्ताव ल्याउनैपर्ने बाध्यता छ । 

    तर प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी दल लगायतसँग सहकार्य नगरी दाहाल–नेपाल खेमाले मात्र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन सक्ने अवस्था छैन । जनता समाजवादी दलका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी सरकारको अनुहार स्पष्ट नभएसम्म दाहाल नेपाल समूहको अंकगणितमा नलाग्ने बताएका छन् । 

    नेकपामा औपचारिक विभाजन पनि भैनसकेकाले आधारभूत रूपमा उनीहरू अन्य दलसँग सहकार्य गरी सरकार बनाउन सक्ने अवस्थामा नरहेको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । उनका अनुसार, नेपाली कांग्रेस तथा जसपा लगायत दललाई नेकपाका दुवै पक्षले आफ्नो पक्षमा उभिन आग्रह गर्दै आएका छन् । 

    नेपाली कांग्रेस र जनता समाजवादी दल दुवैले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउने हो भने त्यसअघि नै प्रधानमन्त्री र सरकारको समीकरणका सम्बन्धमा लिखित सहमति हुनुपर्ने अन्यथा आफूहरूलाई दाहाल–नेपालको छटपटीसँग धेरै चासो नभएको बताउँदै आएका छन् ।

    सरकारले प्रतिनिधिसभा बोलाएर छिट्टै त्यसलाई वर्षे अधिवेशनसम्म बन्द समेत गरिदिन सक्ने सम्भावना भएकाले सकेसम्म पहिलो बैठकमै प्रधनमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने बाध्यात्मक अवस्थामा दाहाल-नेपाल समूह रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १२:२६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij