Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

माधव नेपाललाई ओलीले जालमा हालिसकेको तर मैले फुत्काएँ भन्दै प्रचण्डले खोले यस्तो रहस्य 

माधव नेपाललाई ओलीले जालमा हालिसकेको तर मैले फुत्काएँ भन्दै प्रचण्डले खोले यस्तो रहस्य 


  • 5.6K
    Shares

    माधव नेपाललाई ओलीले जालमा हालिसकेको तर मैले फुत्काएँ भन्दै प्रचण्डले खोले यस्तो रहस्य 
    images

    काठमाडौं। प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई चार जिल्लामा मात्र सीमित गर्न खोजेको खुलासा गरेका छन्।

     प्रचण्डले तत्कालीन एमाले र माओवादीबीचको एकतामा प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई चार जिल्लामा सीमित गर्न खोजेको खुलासा गरेका छन्।

    ‘माधव नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना थियो’, उनले भने, ‘प्रचण्डलाई उपयोग गर्ने र चार जिल्लामा मात्रै नेपाल पक्षलाई अध्यक्ष र अन्य पदाधिकारी दिने, माधवलाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति थियो।' उनले एक महिनापछि मात्रै आफूले ओलीको रणनीति बुझेको बताए।

    एकताका बेला प्रधानमन्त्री ओलीले आफूलाई एमाले पार्टी हाक्ने दोस्रो नेता नभएका कारण आफूसँग एकता गर्न खोजेको बताएका स्मरण गरे।

    ‘मलाई भेट्दा तपाईं नै नेपालको एकमात्र नेता देखेर तपाईं नभई एमाले सम्हाल्ने मान्छे छैन भनेर ल्याउनको हो भन्नेर भन्नुहुन्थ्यो’, ओलीको भनाइ स्मरण गर्दै प्रचण्डले भने, ‘त्यस्तो हो तरु, त्यस्तो म पत्याउछु त फेरिरु केपी ओलीले त्यस्तो भनेर म पत्याउँछु त फेरिरु मान्छे नै नभएर म एउटा बाँकी रहेँ र मैले नेतृत्व गर्ने भन्ने ठगी कुरा हो।’

    उनले माधव नेपाललाई साइजमा ल्याउनका लागि यस्तो ठगी कुरा गरेको बताए।

    उनले एकताको सुरुका दुई वर्ष ओलीले सबैभन्दा बढी माधव नेपाललाई गाली गरेको बताए। बिस्तारै आफू पनि ओलीबाट पीडित हुन थालेपछि नेपालसँग सहकार्य अगाडि बढेको उनले बताए।

    ‘एकताका दुई वर्ष सबैभन्दा बढी माधवजीलाई गाली गर्नुहुन्थ्यो, पछि उहाँबाट म पनि पीडित भए र हामी एकठाउँमा भयौँ’, उनले भने, ‘त्यसपछि माधवजीलाई चारबाट २४ जिल्लामा पुर्याइयो।’

    उनले जवज छोड्न र एमाले विघटन गर्न ओलीले नै पहिलो हस्ताक्षर गरेको बताए।  उनले पार्टीको आधिकारिकता र वैधानिकताको आफूहरुले प्रतिनिधित्व गर्ने बताए। उनले ओलीले आफू र नेपालबीच फाटो पार्न लागिपरेको बताए।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १२:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij