२०८२ माघ ११ गते आइतवार
काठमाडौं। विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्चमा हाजिर भएका छन् । उनले आफूले अदालतको अवहेलना नगरेको जिकिरसहित जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।
आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले ओली सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको समेत स्पष्ट पारेका छन् ।
आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुनै नसक्ने प्रचण्डको जिकिर छ । उनले भनेका छन्, ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।’
प्रचण्डले सर्वोच्चमा बुजाएको पूर्णपाठ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :
https://drive.google.com/file/d/1nBkx-luIEvKp-Ju8RIM7_Q3BZss6Mm_0/view
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij