Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक

सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक


  • 3.5K
    Shares

    सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक
    images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

    उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो। 

    प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सय केजी सुन बरामद गरेको थियो।

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १५:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij