२०८२ भाद्र ७ गते शनिवार
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई छिटो भन्दा छिटो अघि बढाउन प्रतिबद्धता गरेको छ ।
आज गोरखाको सिउरेनिटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय समुद्घाटन समारोहमा बोल्ने क्रममा १२ हजार मेगा वाट बिधुत उत्पादन क्षमता भएको यस आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा अगाडी बढाईने बताएका छन् ।
क्रार्यक्रममा उपस्थित अन्य सहभागीहरुले आयोजना अगाडी बढाउदैँ गर्दा बहुउद्देश्यीय प्राप्तिमा ध्यान दिनु पर्ने र मुआब्जा बितरण तथा पुर्नबासको काम छिटो सक्ने पर्ने बताएका थिए । सहभागीहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यो आयोजना पहिलेको जस्तो उद्घाटनको लागि मात्र नभई साँच्चै नै आयोजना अगाडी बढाउन हर सम्भव प्रयास गरिएको र गरिने बताएका छन् ।
‘यो आयोजना त्यति सहज र नाफामूलक होइन । तर बहुउद्देश्यीय र व्यावसायिक सम्भावनाको आयोजना भएकोले निर्माण अघि बढाउन सकिन्छ,’ प्रचण्डले भने, ‘यो आयोजनाले देशको आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’
उनले निर्वाचनका बेला आयोजना अघि बढाउन गरेको बाचाको समेत स्मरण गर्दै । सरकारले यस आयोजनालाई (रेडि टु गो) अगाडी बढाई हाल्ने आयोजनाको रुपमा लिएकाले विश्स्वत हुन सबैमा आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij