Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संसद पुनर्स्थापना पछि प्रधानमन्त्री झन् बलियो हुनुभएको छ : सुवास नेम्वाङ

संसद पुनर्स्थापना पछि प्रधानमन्त्री झन् बलियो हुनुभएको छ : सुवास नेम्वाङ


  • 7.3K
    Shares

    संसद पुनर्स्थापना पछि प्रधानमन्त्री झन् बलियो हुनुभएको छ : सुवास नेम्वाङ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन्।

    नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनस्स्थापना पछि दह्रो भएको बताएका हुन्।

    प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गरे।

    उनले भने, ‘हिजो पुनस्स्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ। निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो रु निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौं। अब त त्यो दुःख पनि गर्न नपर्ने भयो। संसद पुनस्स्थापित भयो प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास लगायतका कुराहरू के छ स्थिति मैले तपाईंहरूलाई बताई नै सके उहाँ त हिजो भन्दा झन् दह्रो पो हुनुभयो।’ 

    प्रतिनिधि सभा पुनस्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गरेको समेत उनले बताए। तर अहिले पुनस्स्थापित भएपछि फेरि संसदमा फर्किएकोले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारे।

    उनले भने, ‘पुनस्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो जनतामा जाने मेरो निर्णय लोकतन्त्रसम्मत छ कानूनसम्मत छ। सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ। उहाँले भनिराख्नु भएको थियो तर पुनस्स्थापित भइदिँदाखेरि अब हामी संसदमा फेरि फर्किएका छौं। स्थिति भनेको यो हो। पुनस्स्थापित गर्ने साथीहरूले के सोच्नुभयो थाहा छैन। तर यसले त प्रधानमन्त्री केपी ओलीलाई, हाम्रा पार्टी अध्यक्ष केपी ओलीलाई र हाम्रो पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै छैन। ’

    प्रतिनिधिसभा पुनस्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए।

    अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले बताए। 

    नेता नेम्वाङले कानूनी रूपमा नेकपा विभाजन भइनसकेको पनि बताए।अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि नेता नेम्वाङ बताए।

    पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणी समेत उनले गरे।

    ‘हामीले भनिराखेका छौं। नेकपामा विभाजन छैन। हामीले त्यो बोलिराखेका छौं। हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ। कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ। हाम्रा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ। हामीले कसैलाई कारबाही गरेका छैनौं। त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं।’

    प्रकाशित मिति :फाल्गुण १५ २०७७ शनिवार - १८:३४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij