Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बरु बालुवा पेलेर तेल निस्केला, ओली सुध्रिन्‍नन् : नेपाल

बरु बालुवा पेलेर तेल निस्केला, ओली सुध्रिन्‍नन् : नेपाल


  • 7.1K
    Shares

    बरु बालुवा पेलेर तेल निस्केला, ओली सुध्रिन्‍नन् : नेपाल

    काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ ।

    शनिबार काठमाण्डौमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताउनुभएको छ । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उहाँले नै कोसिस गरिरहनु भएको तर आफूले 'बालुवा पेलेर तेल निस्किदैन तर पनि कोसिस गर्नुस्' भनेको बताउनुभयो ।

    अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पार्नुभएको छ । बरु ओली प्रवृति विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

    ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् ।  उहाँले भन्नुभयो, 'त्यसो भएकोले तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुस् । अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागि भएकाहरुलाई साथमा लिएर बरु जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’

    अहिले प्रतिनिधि सभा पुनस्स्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताउनुभयो । केपी ओलीलाई पूर्वएमालेको कुनै मायाँ नभएको पनि अध्यक्ष नेपालले बताउनुभएको छ । ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाउनुभयो ।

    उहाँले भन्नुभयो ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’

    प्रकाशित मिति :फाल्गुण १५ २०७७ शनिवार - १७:५०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij