Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति


  • 2.1K
    Shares

    नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल एसबिआई बैंक लिमिटेडलाई रू. २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार २७ गते अनुमति दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।

    अनुमति पाएसँगै कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । 

     

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १६:४८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij