Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

१२ अङ्कले बढ्यो शेयर बजार, २ अर्ब बराबरको कारोबार

१२ अङ्कले बढ्यो शेयर बजार, २ अर्ब बराबरको कारोबार


  • 2.1K
    Shares

    १२ अङ्कले बढ्यो शेयर बजार, २ अर्ब बराबरको कारोबार

    काठमाडौ । साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ।

    आइतबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँ पुगेको छ। यस दिन २८६ वटा धितोपत्रको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबेच भएको हो।

    सनराइज फोकस्ड इक्विटी फण्डको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ ६८ पैसा पुगेको छ। यस्तै, एनआइबिएल ग्रोथ फण्डको इकाइ मूल्य ९.९२ प्रतिशतले बढेर प्रति इकाइ मूल्य १० रुपैयाँ ६४ पैसा पुगेको छ।

    सेयरमूल्य सर्वाधिक घट्नेमा लिवर्टी इनर्जी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.९६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २४४ रुपैयाँ ५० पैसामा सीमित भएको छ।

    मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २७३ रुपैयाँ १० पैसामा झरेको छ। आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

    उक्त कम्पनीको प्रतिकित्ता ६५१ रुपैयाँ ५० पैसामा १९ करोड १३ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०७ रुपैयाँमा १५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ८ समूहको परिसूचक बढेको छ भने बाँकी ५ समूहको परिसूचक घटेको छ।

    यस दिन म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ।

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १४:५९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij