Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सरकारी निकायलाई अवाञ्छित चलखेलमुक्त गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

सरकारी निकायलाई अवाञ्छित चलखेलमुक्त गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ


  • 2.6K
    Shares

    सरकारी निकायलाई अवाञ्छित चलखेलमुक्त गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षासहितका सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

    आज सिंहदरबार सुरक्षा निकाय पूर्वप्रमुखहरूसँग छलफलमा गृहमन्त्री भने, ‘अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ ।’

    उपप्रधानमन्त्री श्रेष्ठले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए ।

    उनले कर्मचारीको काम गर भनेर मात्रै नहुने बताउँदै कार्यदक्षता प्रभावकारी नबनाइ परिणामको अपेक्षा गर्न नहुने बताए । नागरिकलाई छिटो सेवा दिनका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।

     

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १२:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij