२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । उप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी 9नेकपा) ओली समूहका नेता ईश्वर पोखरेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।
शुक्रबार ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उप्रधानमन्त्री पोखरेलले हिम्मत भए संसदमा अविश्वासको प्रस्ताव ल्याउन दाहाल–नेपाल समूहलाई चुनौति दिए ।
उनले भने, ‘तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन् । संसदको सामना गर्छन् । हिम्मत छ भने अविश्वास प्रस्ताव ल्याएर देखाऊ । त्यसको हामी डटेर सामना गर्छौँ। त्यसको परिणाम स्वीकार गर्छौँ ।’
उनले प्रधानमन्त्री ओली लोकतन्त्रमा विश्वास गर्ने दावी गरे ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij