Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

गण्डकी गाउँपालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव गाउँभाबाट पारित

गण्डकी गाउँपालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव गाउँभाबाट पारित


  • 3.0K
    Shares

    गण्डकी गाउँपालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव गाउँभाबाट पारित
    images

    गण्डकी गाउँपालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको छ । शुक्रवार बसेको १३ओेेै गाउँसभाकाे बहुमत सदस्यले पालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव पारित गरेको हो ।

    २०७४ मा स्थानीय सरकार सञ्चालन भएपछि गाउँपालिकाको अस्थायी भवन वडा न ६, भुम्लिचाेककाे पाेखरीडाँडामा कायम गर्ने निर्णय गरेको थियो । २०७८ मा भएको गाउँ सभाले गाउँपालिकाको प्रशासनिक भवन वडा न ६ मा बनाउने निर्णय गरेको थियो ।

    २०७९ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका दीपक तिमिल्सिनाकाे नेतृत्वले गाउँपालिकाको सेवा कार्यालयका रूपमा बन्टारमा सञ्चालन गर्ने निर्णय गरेको थियो । गाउँ सभा मार्फत पारित भएपछि अब पालिकाले भवन निर्माण गर्न बाटो खुला भएको छ । पालिकाको भवन निर्माणका लागि हरेक वर्ष संघ र प्रदेश सरकारले रकम दिदैं आइरहेको छ ।

    यसअघि नै पालिकाले ल्याएको नीति तथा कार्यक्रममा सहित बजेटमा पालिकाको प्रशासनिक भवन बनाउन बजेट विनियोजन गरेको थियो।

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १७:१४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij