Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

रेखा थापा बनिन् राप्रपा महिला विभाग उपप्रमुख

रेखा थापा बनिन् राप्रपा महिला विभाग उपप्रमुख


  • 4.4K
    Shares

    रेखा थापा बनिन् राप्रपा महिला विभाग उपप्रमुख
    images

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गत महाधिवेशनबाट महामन्त्री निर्वाचित कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र कुन्तीसँग पराजित रेखा थापालाई उपप्रमुख मनोनयन गरेका छन् ।

    राप्रपा विधान अनुसार महामन्त्री शाहीलाई प्रमुख र रेखालाई उपप्रमुख मनोनयन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । महाधिवेशनमा कमल थापा पक्षबाट उम्मेदवार बनेकी कुन्तीसँग लिङ्देन पक्षकी उम्मेदवार रेखा पराजित भएकी थिइन् ।

    रेखा गत निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष उम्मेदवार बनेर तेस्रो भइन् । राप्रपा महिला विभागको सदस्य सचविमा सावन्ता थापा र सदस्यमा नानु लामा, सरस्वती लामा, बबिता शाही, इन्दिरा शाही र रिता कुँवर मनोनीत भएका छन् ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - ११:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij