२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले १ लाख ४४ हजार ५९ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।
बैङ्कले आफ्नो संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीले बिक्री खुला गरेको उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैङ्कको शेयर शाखा, लाजिम्पाट, काठमाडौँमा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या खुलाएर निवेदन दिनुपर्दछ ।
तोकिएको समय अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताले उक्त सेयर खरिद गर्न पाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij