२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीका उपाध्यक्षहरूसँग छलफल गर्दैछन्। पार्टीको सचिवालय बैठक बस्नुअघि ओलीले बैठकको एजेण्डाबारे छलफल गर्नको लागि उपाध्यक्षहरूसँग छलफल गर्न लागेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्।
बैठकअघि एजेन्डालगायतको विषयमा छलफल गर्ने पहिलादेखि नै कुरा उठाउँदै आए पनि अहिलेबाट सुरुआत भएको उनले बताए। बुधवार पनि ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष र महासचिव शंकर पोखरेलसँग छलफल गरेका थिए।
बुधवारको बैठकमा ओलीले उपाध्यक्षहरूलाई ३२ वटा विभागको संयोजन गर्ने गरी जिम्मेवारीको प्रगतिबारे जानकारी लिएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij