Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

दासढुंगामा ज्यान गुमाएका नेताका पत्नी ओली तिर किन यसरी लागे सर्लक्कै ?

दासढुंगामा ज्यान गुमाएका नेताका पत्नी ओली तिर किन यसरी लागे सर्लक्कै ?


  • 6.7K
    Shares

    दासढुंगामा ज्यान गुमाएका नेताका पत्नी ओली तिर किन यसरी लागे सर्लक्कै ?
    images

    काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवालीले आफू प्रचण्ड-माधव पक्षमा नरहेको घोषणा गरेकी छन् ।

    ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उनको पनि नाम थियो ।  ज्ञवालीले अहिले आफू सत्ता पक्षमै रहेको बताइन् । यसबीचमा वामदेव गौतमको पार्टी एकता अभियानसँग समेत उनी संलग्न भएकी छन् ।

    ज्ञवालीले भनिन्, ‘म केपी ओली नेतृत्वको पार्टीमा छु र पार्टी एकता होस् भनेर वामदेव गौतम कमरेडलाई पनि साथ दिएकी हुँ । संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु अहिले ।’

    आफू यसबीचमा ओलीपक्षीय अखिल नेपाल महिला संघको अभियानमा समेत जोडिएको उनले बताइन् । ज्ञवाली दासढुंगा दुर्घटनामा निधन भएका तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् । मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । उनले पनि ओलीलाई नै सहयोग गर्दै आएकी छिन् ।  दासढुंगा दुर्घटनामा ज्यान गुमाएका नेताका पत्नीले ओलीलाई समर्थन गरेका हुन् ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १३:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij