Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई ४० थान स्मार्ट मोबाइल फोन सेट हस्तान्तरण

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई ४० थान स्मार्ट मोबाइल फोन सेट हस्तान्तरण


  • 2.3K
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई ४० थान स्मार्ट मोबाइल फोन सेट हस्तान्तरण

    काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले काठमाडौँ उपत्यकामा कार्यरत ४० प्रहरी बीटलाई ४० थान स्मार्ट मोबाइल फोन सेट हस्तान्तरण गरेको छ । 

    इन्स्योरेन्स कम्पनीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको व्यावसायिक क्षमतामा अभिवृद्धि होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरीका उपत्यका भित्रका ४० प्रहरी बीटलाई ४० थान Kratos Technology को स्मार्ट मोबाइल फोन सेट हस्तान्तरण गरेको हो । 

    कम्पनीले ट्राफिक प्रहरी कार्यलय रामशाह पथ काठमाण्डौँमा आयोजित एक संक्षीप्त कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योन्स लि.का प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेललाई उक्त मोवाइल सेटहरु हस्तान्तरण गरे । 

    उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट काठमाडौँ उपत्यका भित्र वढदो सवारी साधनहरु विशेषगरी मोटरसाइकल चोरीका घटना नियन्त्रणमा उक्त टेलिफोन सेटहरुले सहयोग पुरयाउने विश्वाश लिदै कम्पनीले आगामी दिनहरुमा पनि ट्राफिक प्रहरीलाई सहयोग पुरयाउने प्रतिवद्दता व्यक्त गरे । 

    कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेलले कम्पनी प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त मोवाइल सेटहरुले टाफिक प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वाश व्यक्त गर्दै आगामी दिनहरुमा पनि कम्पनी र टाफिक प्रहरी बिचको सहकार्यले निरन्तरता पाउने अपेक्षा रहेको बताए । 

    कार्यक्रममा कम्पनीका वरिष्ठ कर्मचारीहरु, प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्ट लगायत अन्य प्रहरी अधिकृतहरु तथा पत्रकाहरुको उपस्थिती रहेको थियो ।

     

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १६:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij