Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

कांग्रेस नेता जोशीको शल्यक्रिया सफल, कम्तीमा चार दिन अस्पतालमा राख्नुपर्ने

कांग्रेस नेता जोशीको शल्यक्रिया सफल, कम्तीमा चार दिन अस्पतालमा राख्नुपर्ने


  • 4.8K
    Shares

    कांग्रेस नेता जोशीको शल्यक्रिया सफल, कम्तीमा चार दिन अस्पतालमा राख्नुपर्ने

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उनको अप्रेसन सफलता पूर्वक सकिएको छ । 

    जोशीका सहयोगी शुशान्त आचार्यका अनुसार अप्रेसनपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखिएको छ। जोशीलाई गए राति मस्तिष्कघात भएको हो।

    शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो । त्यस लगत्तै उनलाई राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । 

    चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएपछि आज बिहान शल्यक्रिया भएको उनका सहयोगी सुशान्त आचार्यले केन्द्रबिन्दुलाई बताए ।

    उनको अवस्था सुधारोन्मुख नै रहेको भए पनि केही दिन अस्पतालमै राख्नु पर्ने चिकित्सकहरुले बताएको आचार्यले जानकारी दिए ।

     

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १३:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij