२०८२ पौष ११ गते शुक्रवार
गोरखा। गण्डकी गाउँपालिकाले अख्तियारमा उजुरी परेको विषयमा एक विज्ञप्ति जारि गर्दै सत्यतथ्य सार्वजनिक गरेको छ। पालिकाले उक्त उजुरीमा गरिएको हरेक प्रश्नको जवाफ दिंदै सत्यतथ्य सार्वजनिक गरेको हो।
समृद्ध गाउँपालिका निर्माणको एजेण्डा वोकेर खटिएका जनप्रतिनिधि तथा कर्मचारीको कार्यकौशलता मा शंका गर्ने र मनोवल गिराउने काम भएको छ विज्ञप्तिमा भनिएको छ।
तथ्यहिन कुराहरु समेटेर जनप्रतिनिधी एवम् कर्मचारी टोलीलाई विफल तुल्याउने मनसायले भ्रम पैदा गरेर स्थानिय सरकारको सार्वजनिक प्रतिष्ठा माथि आँच ल्याउने चेष्टाले उक्त कार्य गरिएको उल्लेख गर्दै यी उजुरीले गाउँपालिका परिवारलाई थप परिस्कृत भई दुर्त गतिको विकास निर्माणका कार्यमा अग्रसर हुने उर्जा मिलेको विज्ञप्तिमा बताइएको छ ।
हेर्नुस विज्ञप्तिको पूर्णपाठ :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij